काठमाडौँमा म एउटा शाकाहारी

“अलि कति खा न केहि पनि हुदैन” “हामी कसैलाई भन्दैनौ” “भाई आफ्नु आत्मा मर्नु हुदैन खाउ खाउ केहि पनि हुदैन” काठमाडौँ आए पछाडी मैले यस्ता कुराहरु धेरै सुने| यस्ता कुराहरु सुन्दा लाछ कि मलाई खान मन छ तर केहि कुराहरुले मेरो हात मासु तिर बदाउन रोक्दै छन्| उनीहरुलाई थाहा छ म केहि गरे पनि खाने वाला छुइन तर पनि उनीहरुका कुरा रोकिदैनन | जति नै प्रयास गरे पनि उनीहरुले सधै पाउने असफलता नै हो| म एउटा प्रणामीको छोरो यसले नै मलाई मासु खान बाट रोक्यो, त्यति मात्र हैन मलाई कैले पनि लागेन कि मासु भन्या खाने कुरा हो| सानु हुँदा धर्मले गर्दा मलाई मासु तिर हेर्न पनि मन लागेन भने यो समयमा आएर धर्म भन्दा पनि आफ्नु आत्माले नै नदिएको कुरा बुझ्न लागे| म त्यस्तो परिवार समाजमा हुर्के, बढे जहाँ मासु खाने कुरा त परै छाद्दिम निर्दोष प्राणीको जिउ बाट निस्केको एक थोप्पा रगत पनि देखिदैन थियो अनि अहिले काठमाडौँमा आएर म कसरि मासु तिर आफ्नु मन लग्न सक्छु र? मलाई भन्ने गर्थे आफन्त अनि साथीहरुले “तलाई त्यहाँ काठमाडौँमा धेरै गारो हुन्छ खान” त्यति बेला मैले केहि कुरा सुने नसुनै गरे तर अहिले आएर हो कि क्या हो जस्तो लाग्न थाल्यो.| साथीहरु जहाँ पनि खान सक्छन तर आफु भने शाकाहारी होटेल खोज्दै हिन्नु पर्ने बाध्यतामा परिन्छ| काठमाडौँ आएको सुरुका केहि दिनहरु त बाहिर घुम्न निस्कदा कति समय भोकै पनि बसियो. त्यो समय कता कता लग्थियो यो शाकाहारी हुनु पनि झन्झट नै रहेछ | “बुने खाजा खाने हो ? ” मैले सोधे उनलाई | म उनलाई बहिनि भन्थे, आफन्त त थीनन तर आफु भन्दा सानै भएकोले हाम्रो सम्बन्ध दाजु बहिनि जस्तै थियो| झापा बाट काठमाडौँ आको बेला मलाई भेट्न भनि न्यु रोड आको बेला उनलाई मैले खाजा खाने प्रस्ताभ राख्य थिए | “हुन्छ नि त जुम खान ” उनले उत्तर फर्काइन| म काठमाडौँमा नया नया नै थिए, न्यु रोडमा एउटा शाकाहारी मोमो पसलमा म एक दुई पटक गएको थिए | त्यहि पसलमा गएर खाजा खाने भनि उनलाई मैले त्यतै लिएर गए तर दुखको कुरो पसल भेट्न म असफल भए | जे पर्ला पर्ला भनि एउटा मंग्साहारी होटेलमा गएर भेज मोमो त मागियो तर एउटा खादै झन्डै भोमित आउन खोज्यो, बहिनि पनि सहकारी नै थीन त्यै भएर उनले पनि एउटा भन्दा धेर खान सकिनन्| आफु शाकाहारी भएकोले फेरी १०० रुपैया गयो| आफु सहकारी भएकोले धेरै बाधाहरुको सामना गर्नु पर्यो काठमाडौँमा | साथीहरु संग खाने कुरा कैले नमिल्ने, आफु पनि खाजा खान सहकारी होटेल खोज्दै भौतारिनु पर्ने , समस्या त त्यति बेला पर्थियो जति बेला साथिहरु संग घुम्न जानु पर्थियो| कोइ कोइ बेला मासु नखानु नै सजाय पाए जस्तो लग्थियो तर कुरा के भने मासु नखाएर मैले धर्म गरे जस्तो भन्दा पनि निर्दोष प्राणीको ज्यान नलेकोमा धेरै खुसि लाग्छ | यो संसार मनिषको मात्र हैन अनि अरु प्राणी बिना यो संसार सम्भव नै छैन भन्ने कुरालाई ध्यानमा राखी यो जिन्दगिमा जस्तो सुकै परिस्थिति अनि बाध्यता आए पनि निर्दोष प्राणीको हत्या गरि मासु खाने कुरा चै म केहि गरे पनि गर्ने छुइन भनि आफै संग प्रण गरेको छु | जिन्दगीको २०औ बसन्त पार गर्दा सम्म मैले धेरै मनिषहरुको भनाई केहि फरक पाएको छु | कोइ भन्छन तिनीहरु मासुको लागि नै जन्मेका हुन् भने कोइ जनावर मरेर मासु खाएन भएन बातवरणको सन्तुलन नै बिग्रन्छ तर मलाई कतै बाट पनि त्यस्तो लाग्दैन| यहाँ कुरो पाप धर्मको हैन, कुरो त क हो भने हामी सर्वश्रेस्थ प्राणी रे अनि ती अरु निर्दोष प्राणी को हत्या गर्न जन्मेको जस्तो | अरुले मासु खाउन या नखाउन त्यसमा मलाई कुनै आपत्ति छैन अनि म मासु खानु राम्रो नराम्रो पनि केहि भन्दिन र मलाई भन्ने अधिकार पनि छैन| तर मेरो मन मस्तिस्कमा सधै यहि कुरा घुमी राख्छ कि मासु नखाई हामी बच्न सक्दैनौ वा मिठो लगेर अरुको ज्यान लिन्छौ? गाडी माई मेलाको बिरोध गर्ने पनि हामी नै अनि मासु नखाई बच्न नसक्ने पनि हामी नै, यहाँ हामी नै दुई थरिका छौ या ति मारिने प्राणी? बलि प्रथाको बिरोध गर्ने पनि हामी नै, जीव जन्तुको अधिकारको कुरा गर्ने पनि हामी नै | बस्ताबमा जातैले पाएर हामी स्वार्थी भाको होला अनि हामीले यति धेरै बुद्धि पायौ कि जनावर पनि मासु खाने र नखाने भनि छुट्याउन थाल्यौ| त्यो बलिमा काटिने प्राणी र हामीले खाने प्राणी एउतै हैन र भन्या? फेरी यसलाई उल्टो अर्थ लगाएर, यो त बलि प्रथाको पक्षम रहेछ भन्ने मनिषहरु पनि ननिक्लेलान भन्न सकिदैन | बास्तबमा भन्दा म बलि प्रथाको त के कुरा, निर्दोष प्राणी हत्याको नै मन पराउदिन| अनि म कसैलाई मासु खाउ या नखाउ पनि भन्दिन किनकि यो उनीहरुको अधिकारको कुरा हो साथै मानब अधिकारको अगाडी जीव अधिकारको के अर्थ|

About the author

[starbox id=164]