म टुप्पी बाहुन -लेख पृथ्वीराज पोख्रेल (संस्कृत बढ्दै गरेको थिठो)

………….. कहिलेकाहिँ पछिल्लो जीवनकायादहरु घचघच्याउन आउँछन् । जीन्दगीकाआगामी दिनलाई एकछिन ध्यानमग्न भएर सोच्ने गर्छु । म आधाशहरिया र आधागाउँले । ब्याचलरसम्म भएपनि पढेकै छु । अब गाउँमागएर हलो चलाउन सक्दिन;अहिलेसम्म पढेको पढाइले सराप्छ । शहर बजारमाबसौँ पढेको पढाइले जागीर पाइँदैन । बेरोजगार हरु आफ्नै घरमा त हेपिन्छन् साहेब अरुको त कुरै नगरौँ । अनि पढेको त झन् संस्कृत व्याकरण पो हो त । योग, आयुर्वेद र ज्योतिष पढेको भए पैसा कमाउने कुनै बाटो हुन्थ्यो । व्याकरण पढ्न सुरु गर्दा(६ कक्षाबाट) पैसा कमाउने कुराको सोच आउने अवस्था नै थिएन । यो त भयो जिवनमा पहिलो खड्को ।

“टपरे” “टुप्पी” “बाहुन काठा” “घाँस खाने” यी र यस्ता शब्दहरु त हामी संस्कृत पढ्नेहरुका कानमा दिनदिनै पर्छन् । तीशब्दहरु मुटुसम्म पुग्छन् ; आफ्ना शब्दब्रह्म का बलले मुटुपनि फोरिदिन्छन् र आफ्नै उत्पत्तिस्थान खोज्दै मूलाधारतिर लम्किन्छन् । कामगरिन्जेल “संस्कृत”विद्याका प्रशंसा सुनेरै सकिँदैन । पाठ गरेर, ढोग गरेर उसैको पाउको जलखाएर निस्केको ब्राह्मणलाई गेट बाहिर पुग्नेबित्तिकै “टपरे” शब्दले समातिहाल्छ । समाजमाआज सबैभन्दातल्लो स्थानयही “टपरे बाहुन”अर्थात् संस्कृत पढ्ने विद्यार्थी को छ ।

हामी ब्राह्मण कुमार अर्थात् कुनैपनि क्षेत्रमा कुनै पनि प्रकारका आरक्षण कोटा र प्राथमिकता नपाउने जन्तुहरु । मैले कोटा चाहियो भनेको भने होइन बरु कोटाले गर्दा दक्ष व्यक्ति बाहिर हुने परम्पराको विरोध भने गरेको हुँ । र यहाँआएर एउटा संस्कृत पढ्ने विद्यार्थीलाई रोक्ने अर्को कारण सृजना हुन्छ ।

म “नत्वा सरस्वतीं देवीं…..” “अइउण् ऋलृक्” बाट सुरु गरेर प्रौढमनोरमा, महाभाष्य र परिभाषेन्दुशेखर पढ्दै गरेको युवाले जागिर खाने क्षेत्रहरु कहीँकतैपनि छैन । (कृपया छ भने खबर गरिदिनुहोला) । नेपाल संस्कृत विश्वविद्यालय र अन्य संस्कृत विद्याधामबाट उत्पादित यस्ता अप्रयोजनीय शक्तिहरु नेपालभरि छरिएर दिमागमा गह्रुँगो विचार र दिलमा एउटा पीडा बोेकेर हिँडीरहेका छन् । म (पृथ्वीराजपोख्रेल) लाई एउटा साइन्स, म्यानेजमेन्ट र एच.एम पढेको युवाले हेपाहा पाराले हेर्दछ । एकजना शिक्षक मलाई दयाले हो या के ले हो च्वच्व गर्छ । एउटा सानो बालक पनि मलाई टुप्पी भन्न पाउँदाआँफैलाई गौरवान्वित महशुस गर्दछ । र यी ने.सं.वि का उत्पानदहरु एउटा कुनै घरमा रुद्री, श्राद्ध र चौरासीमा मात्रै भेटिन्छन् ।

“बाबुलाई श्राद्ध गराउन आउँछ ?” “सोमबारको व्रत बस्दा के हुन्छ गुरु जी?” यस्ता बकवास प्रश्नहरुले हामीलाई कति हैरान बनाउँछन् होला? जब कि आश्रममा “डुक्रिन्करणे” भन्दै चिच्याउनुपर्छ र ‘सुधी+उपास्य‘ भन्दै गुरुहरुलाई पाठ बुझाउनुपर्छ अनि“ऊध्र्वमूलमधःशाखा…” भन्दै खाना खानुपर्छ । हात हेराइदिनु । मैले के गर्दा राम्रो होला?श्राद्ध के हो ?क्रिया किन बस्नपर्यो यस्तो अन्धविश्वास ?महिलालाई अपमाना किन?यी र यस्ता प्रश्नहरुले म हरेक दिन चिथोरीइराखेको हुन्छु ।
विवाहका लागि केटी हेर्न गयो “बाबुले कति पढ्नुभाहो ? के गर्दै हुनुहुन्छ ?” “म संस्कृत पढ्छु ……” यो वाक्य पुरा हुननपाउँदै केटी का पिताजी को नाक खुम्चिन्छ र छोरी दिनइन्कार गर्छन्, जुनबाउले अघिल्लोपटक आफ्नो घरमा आउने पण्डित युवकलाई संस्कृत शिक्षाको महत्वबारे एक घण्टे प्रवचन दिएर सम्झाएका थिए । संस्कृत पढेर पनि बिहे गर्छन् ? संस्कृत पढेपछि त्यही पुरेत बन्ने त होला? पुरातनवादी सोच हुन्छ यी संस्कृत पढ्नेहरुको त । मासु खाँदैन, वाइन, वियर पिउँदैन, कसरी जिन्दगीमामजा गर्छ यसले ?वाहदुनियावाहतिम्रो मजागर्ने तरिका ।

गुरुकुलमा गुरुको वचन र नियमलाई पालना गर्दै गायत्रीउपासना गरी “बृहद्ब्रह्माण्ड यद्रुपं तद्रुपं क्षुद्ररुपकम्” पढ्दै “मातृवत् परदारेषु परद्रव्येषु लोष्ठवत् आत्मवत् सर्वभूतेषु यःपश्यति स पण्डितः ” भन्ने श्लोक मनमानमेटिनेगरी राखेर जीवनयात्रामाउत्रेको एउटा युवकले कसरी मजा गर्छ होला जिन्दगीमा?“परमप्रेमरुपाभक्ति”“ब्रह्म सत्यं जगन्मिथ्या”“एकोऽहं बहुश्यामः” “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः”“विद्याददातिविनयम्” “अहं ब्रह्मास्मि”“तत्वमसि”“अन्नं ब्रह्म” जस्ता उक्ति र सुक्तिलाई मननगर्ने “बसुधैव कुटुम्बकम्” लाई आफ्नै मुख्य नारा बनाउने एउटा बटुक युवक कसरी मजा गर्छ होलाजिन्दगीमाजसले आन्तरिक आनन्द नै मुक्तिहो, मोक्ष हो ; असार जीवनमा सार तत्वको प्राप्ति नै जीवनको लक्ष्यहो भन्छ त्यो सच्चायुवकले जीवनमा के मजागर्ला ?

हाम्रा कुनैपनि देवीदेवताहरु र ऋषिमुनिहरु कुनैपनि ख्याउटे, नराम्रा र माग्ने देखिन्नन् । यहाँसम्मकी कोही पनि श्रीमतिविहिन छैनन् । सबै खाईलाग्दा, हृष्टपुष्ट हँसिला देखिन्छन् । सपत्नी सहित यज्ञ गर्ने विधिविधान हरु छन् । यसबाट यो कुरा बुझिन्छ की सांसारिक धर्म पालनागर्दै शरीरको पनि हेरविचार गर्दै धार्मीक तथाआध्यात्मिककार्यमाप्रवृत्त हुनुपर्दछ । तब एउटा युवकब्रह्मचर्य आश्रमबाट गुरु आज्ञालिई गृहस्थाश्रममाप्रवेश गर्छ तर अफशोच आजत्यो व्यक्तिको नाम टपरे हो । म राम्रोसँग कम्प्युटर जान्दछु । मोबाइलका हरेक अंगहरु म जान्दछु । कनिकुथीअंग्रेजीपनिबोल्दछु । उर्दू, फारसी र अरबी का केहीकविता र गजलहरु गुनगुनाउँछु ।आँफै पनि केहीकविता र गजलहरु लेख्छु । तर एउटा बोर्डिङ् बाट अथवा सरकारी स्कूल बाटै एस.एल.सि पास गरेको भाईले मलाई गिज्याउनुमाआफ्नो गौरव ठान्दछ । संस्कृतका मनगढन्ते अनुवादमा त्रुटि देखाउनु त उनीहरुको जीवनको महानकार्य हो । ओ घटिया सोचका पाश्चात्यपुजारीहरु ! म भगवान् सँग प्रार्थना गर्छु कि तिमीहरुलाई छिट्टै सद्बुद्धि प्राप्तहोस् ।

म एक लाचार वेवशयुवाहुँ । मैले कामगर्ने क्षेत्र छैन । पैसाकमाउने उपाय छैन । म आजदेखि घरमापनि हेपिएर रहनुपर्छ । भाईको पनिअर्ति र गालि सुन्नुपर्छ । म बाटोमा हिँड्दा आँखा झुकाएर हिँड्नुपर्छ । मैले फेसबुक टुइटर र इन्स्टाग्राम चलाउनु हुँदैन । मैले जिन्स पाइन्ट लगानु पापहो । मैले केटीलाई मन पराउनु हुँदैन । सुन्दर केटीलाई मैले नरकको द्वार मान्नुपर्छ । मैले आँफुलाई मनपर्ने चीज बजारमा किनेर खानुहुँदैन । मैले केवल मन्दिरमा पूजा गर्ने हो । म सबैसँग नम्र भएर बोल्नुपर्छ, चाहे त्यो मान्छे म माथीज्यानै लिनेगरी नै आक्रोशितकिननहोस् । मैले अरुलाई केहीभन्नु भनेको संस्कतशिक्षालाई मैले गरेको अपमानहो । अरुले जतिहोच्याएपनि म मुसुक्कहाँसेर सहनुपर्छ । ओहो भगवान् म कस्तो जन्तु हुँ? संस्कृत पढ्ने नयाँजन्तुको आविश्कार भएकै हो त ? के यो मैले लेख्नु हुँदैनथ्यो । मैले त मेरो प्रगतिहुनदिनहुन्थेन । प्रतिभालाई संस्कृतले छोप्नुपथ्र्यो ।

यी कुराहरु लेखिरहँदा यसतलआउने टिकाटिप्पणी लाई सम्झेर केही क्षण आफ्नै मनमा घोत्लिएँ । एउटाले पक्का भन्छ यो ‘हुति‘ नभको केटो हो । अर्कोले थप्छ, यसको विचार नै हारेको छ । र अर्कोले यो फललाई पक्व बनाउँछ “यसलाई आउने नै यहीअलिकति लेख्न त हो ” । आखिर कुरा त ठिकै हो । मैले कहाँनिर गएर मेरो विचारलाई जिताउने होला?कहाँगएर मेरो हुतिलाई , मेरो विश्वास र आत्मबललाई बढाउने होला?भन्ने सोच्दायही लेख्ने कुरा पहिले आइलाग्छ । फेरि अर्को मनले सोच्छ ; राजनितिपो गर्ने हो कि ?त्यही बेलागोजि चिच्याउँछ र त्यो विचारको अन्त्य हुन्छ ।

म एउटा सक्षम मस्तिष्क भएको स्वच्छ विचार भएको एउटा पाञ्चभौतिक शरीर हुँ । ममा अनन्तविचार र अनन्त सृजनाहरु छन् । ममा विश्वपरिवर्तन गर्न सक्ने सामथ्र्य छ । म परमात्माको एउटा पूर्ण सृष्टि हुँ । म मा केही कमी छैन । म नै ब्रह्महुँ र ब्रह्म नै म हुँ । यी कुरा सोच्दै गर्दा म संस्कृत पढ्ने विद्यार्थी हुँभन्ने कुरा सोच्यो भने माथीका सारा आडम्बरहरु एक क्षणमा नष्ट हुन्छन् ।त्यसैले मेरो घोषणा बदलिन्छ । म एउटा संस्कृत पढेको, आजको जमानामा केहीका मनभएको बुर्जुवा शिक्षा प्राप्त मुढ हुँ । म मा केवल रुद्रीहोम र चौरासी गर्ने सीप छ । म परमात्माको सबैभन्दा घटिया सृजनाहुँ । म आँफैलाई पनि परिवर्तन गर्न सक्दिन । म मा हरेक कुराको कमीमात्रै छ । गफै त हो सोल्टिी ।

संस्कृतलाई हेर्ने नजर बदलियोस् । संस्कृत पढ्ने युवाहरु के कुरामा कमी छन् ? सबैलाई हाँक दिनसक्छौँ हामी ल प्रतिस्पर्धा राख्नुस् हामी कुनै कुरामा कोही भन्दा कम छैनौँ । संस्कृत हरेक भाषा र विज्ञानको जननीहो । जयतु संस्कृतम् देखि हलन्त बहिष्कार आन्दोलन गर्नेहरु पनि संस्कृत पढ्ने विद्यार्थी नै हुन् । पुष्पक विमानका पिताहुन् । नाशाका रकेट उड्दा सकुशलताका लागि वेदपाठ गर्ने व्यक्ति हुन् । नागासाकि हिरोसिमामा वेदकाऋचाले पानि पार्ने नरहरीनाथ हुन् । हिमालयका कुनाकन्दरामा रहेर सबैसँग छिपेर संसारको हेरविचार र संचाल नगर्ने ऋषिमुनि हुन् । कणाद, गौतम, पतञ्जली, जनक, भृगु र भारद्वाज हुन् । विश्वहितको कामना गरी नित्य स्वब्रह्मतपलाई परहितकार्यमा समर्पित गर्ने साधु हुन् । हरेकसँग मित्रता र नरमता राख्ने अमृत समान जलराशि हुन् । हरेकलाई शितलता दिने हिमालय हुन् । उपनिषद् र वेद सृजनागर्ने व्यक्तिहुन् । संस्कृत पढ्ने विद्यार्थी नै वास्तवमा शिष्य हुन् ।

साहेव ! सर्टीफिकेट नामको एउटा खोस्टो भएन भने त तपाईँ जतिसुकै जान्ने र सिपालु भएपनि केहीकाम छैन । सन्सास लिएर जंगल पस्ने जमाना छैन । म स्पष्ट वक्ताहुँ । मेरा हरेक वाणाीहरु ओजपूर्ण हुन्छन् । म मा साधनागर्ने जाँगर र क्षमता कूटकूट भरिएर रहेको छ । म संसारको आगोलाई क्वाप्प निल्ने सामथ्र्य राख्छु । म एउटा शब्दको व्याख्यामा पुरा जीवन विताइदिन सक्छु । म “यज्ञात् वर्षतु पर्जन्यः..” भन्ने मन्त्रलाई साकार पारिदिन सक्छु । म नरहरीनाथ हुँ, म हैडाखानी बाबाहुँ, म पृथ्वीनारायण हुँ । म यो देशको मियो हुँ । मज गको पत्थर हुँ जुन भवन उठेपछि कहीँकतै देखिदैन । म गोरखनाथ काली र चन्दननाथ हुँ । म जानकी, जनक, याज्ञवल्क्य र मुक्तिनाथहुँ । म मेची कोशी कर्णाली गण्डकी र महाकाली हुँ । म हिमाल पहाड तराई हूँ । तर मित्र म संस्कृत पढ्ने टुप्पी बाहुन हुँ । तिम्ले भन्ने गरेको ढुङ्गा पुज्ने मान्छे र तिम्रो आँखाले देखेको अन्धविश्वास र रुढीवादी बुर्जुवा शिक्षा संस्कृत पढ्ने विद्यार्थी हुँ भन्दा मलाई हिनताबोध होइन अपितु स्वात्म गौरव र विशालता को गर्व हुन्छ । धन्यवाद । जयतु संस्कृतम् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *